बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

ललितानिवास प्रकरणमा पाँच पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी

शनिबार, असार २३ २०८०

काठमाडौं । ललितानिवास प्रकरणमा पाँचजना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बालुवाटारस्थित ललितानिवास क्षेत्रको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा संलग्न तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको हो ।

त्यसो त ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा १७ पूर्वसहसचिवसहितका कर्मचारी जोडिएको पाइएको छ । एक प्रहरीका अनुसार उनीहरूविरुद्ध पनि यसअघि नै पक्राउ पुर्जी लिइएको छ ।

त्यसमध्येका एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् । अदालतबाट अन्तरिम आदेश लिएकाले तत्कालीन सहसचिव कलाधर देउजालाई कागज गराएर छाडिएको छ । बाँकी आरोपितको खोजविन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।