बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कञ्चनपुरमा जिपको ठक्करबाट एक जनाको मृत्यु

बुधबार, असार २० २०८०

काठमाडौँ- कञ्चनपुरमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–५ आमखैया सडकमा बा ०१००२५ च ३६३४ नम्बरको जिपको ठक्करबाट साईकलयात्री कृष्णपुर नगरपालिका–१ का ५९ वर्षीय अमर साउँदको आज बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई पदमा अस्पताल अत्तरीया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको हो । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।