काठमाडौं । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत लेखापाल तथा वरिष्ठ सई विनोद विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार विष्टविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
विष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारले उनलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा विष्टले भवन निर्माणको म्याद थप र भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस लिएको पुष्टि हुने आधार देखिएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।