बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

शुक्रबार, असार १५ २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ०० पैसा र बिक्री दर १३१ रूपैयाँ ६० पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ ०८ पैसा र बिक्री दर १४३ रूपैयाँ ७३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ७९ पैसा र बिक्री दर १६६ रूपैयाँ ५५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।