बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने

बुधबार, असार १३ २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदमा पेस गरिएको आगामी वर्षको बजेटको पक्षमा मतदान गर्ने भएको छ ।

एकीकृत समाजवादी संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा प्रकाशशरण महत र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भएको वार्तापछि एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।