काठमाडाैं – न्यायपरिषदको बैठक आज बस्दैछ। सर्वाेच्च र उच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि बुधबार न्यायपरिषद् बैठक बस्न लागेकाे हाे।
परिषद्ले उच्च अदालतमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्न सक्ने सम्भावना छ । सोमबार बसेको परिषद् बैठकमा पनि न्यायाधीश नियुक्ति हुन सकेको थिएन । भागबन्डाको राजनीतिले लामो समयदेखि न्यायाधीश नियुक्ति अवरुद्ध हुँदै आएको छ ।
परिषद्का अनुसार गत वर्ष साउनमा उच्चका २७ न्यायाधीशका लागि आवेदन आह्वान भएकोमा संक्षिप्त सूचीसमेत तयार भइसकेको छ । त्यसलाई अन्तिम रूप दिन बाँकी छ ।
सहमति जुटे सर्वाेच्चमा पनि न्यायाधीश नियुक्तिको सिफारिस गर्ने तयारी छ । हाल सर्वोच्चमा ६ न्यायाधीशको दरबन्दी रिक्त छ । उच्चमा ४१ जना न्यायाधीशको पद रिक्त छ ।
पहिलोपटक परिषद्ले न्यायाधीश नियुक्तिको निर्देशिकाअनुसार उच्चको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाएको छ । परिषद्ले १० साउन ०७९ मा संविधान, न्यायपरिषद् ऐन र न्यायाधीश नियुक्तिको मापदण्डबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई १० दिनभित्र विवरण पेस गर्न सूचना निकालेको थियो । त्यसमा अढाई सयभन्दा बढी इच्छुक देखिएका थिए । सूचीमा रहेकामध्ये अन्तिम सूची प्रकाशित भएको छैन ।