बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आइतबार, असार १० २०८०

काठमाडौं – काभ्रेको बनेपा नगरपालोका–१३ भैसेपाटी बुढाथोकी टोल बस्ने राजु बुढाथोकीको गोठमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्युठानको झिमरुक गाउँपालिका–१ तल्लो खर्क बस्ने अर्जुन घर्ति मगरको घरमा शनिबार दिउँसो आगलागी हुँदा लत्ताकपडा, अन्नपात, भाँडावर्तन लगायतका सामान जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।