काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री साथै पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले गठबन्धन सरकाले चित्त नबुझे अर्को सरकार बन्ने बताएका छन् । शनिबार काठमाडौँमा कांग्रेसको ९४ क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले सो कुरा बताएको हो ।
नेपाली कांग्रेसले गठबन्धन सरकारबाट बाहिरिन परेपनि डराउन नहुने बताएको छ । थापाले गत निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर निर्वाचनमा जानु गलत भएको पनि टिप्पणी ।‘नेपाली कांग्रेस सरकार छाड्नुपर्छ भनेर डराउनु पर्दैन । चुनाव अघिनै गठबन्धन बनाउनु गलत भयो,’ उनले भने, ‘हामी एक्ला एक्लै चुनाव लड्न तयार हुनुपर्छ ।’
नेपाली कांग्रेस कसैको वैशाखी टेकेर उभिनु पर्ने स्थिती नरहेको बताउँदै उनले भने, ‘चुनावमा लागेको एउटा व्यक्ति ज्यान गुमाउन तयार छ तर सरकार गुमाउन तयार भएनौं । के हुन्थ्यो कम्युनिस्ट पार्टी मिलेर १० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ काँग्रेस ।’
थापाले अहिलेको गठबन्धन सारकोले अपेक्षाकृत काम गर्न नसकेको पनि आरोप लगाएका छन् । आवश्य परे गठबन्धन सरकार बदल्नु पर्ने बताए । ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ भइराख्छ,’ उनले भने ।