बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

शुक्रबार, जेष्ठ २६ २०८०

काठमाडौं – मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेस्थित सडकमा मे.१ ख ३०७३ नम्बरको बसले प्र.१–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक झापा कमल गाउँपालिका–२ बस्ने ३४ वर्षीय पवन सुवेदीको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ टाँडिस्थित सडकमा लु.३ च ७३७९ नम्बरको रोकी राखेको जीप अचानक गुड्न गई बिहीबार राति दुर्घटना हुँदा जीपमा सवार मालारानी गाउँपालिका–६ म्यालपानी घर भई सन्धिखर्क नगरपालिका–१ पाणिनीचोक बस्ने सरिता महतको छोरा ६ वर्षीय सक्षम महतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको दमक नगरपालिका–९ बुद्धचोकस्थित सडकमा को.३७ प ८१३९ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ६४ वर्षीया हिरादेवी धिमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।