बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

शुक्रबार, जेष्ठ २६ २०८०

लमही नगरपालिका–४ शान्तिनगरस्थित कुशल होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ४० वर्षीया पार्वती खड्कासहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय लमही दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ३० रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।