काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ घट्टबसपार्क बस्ने ५६ वर्षीय शेर बहादुर तामाङको टहरामा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी लत्ताकपडा र नगद गरी करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रौतहटको माधवनारायण नगरपालिका–३ संखुवा बस्ने रामनरेश यादवको गोठमा लामखुट्टे धपाउनको लागी बालेको घुरबाट आगो सल्किएर सोही ठाउँ बस्ने रामनरेश यादव सहित ३ जनाको घर गोठमा शुक्राबार राति आगलागी हुँदा ६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बाराको महागढीमाई नगरपालिका–१ बरीयारपुरमा प्रभु प्रसाद साहको अंकुश पशु पालन फर्ममा विद्युतको तार सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पर्साको बहुदरमाई नगरपालिका–१ बिश्रामपुर टोल बस्ने छोटेलाल यादब सहित ५ जनाको घर गोठमा मच्छर धपाउन बालेको घुरबाट आइतबार दिउँसो आगलागी हुँदा करिब १३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजारस्थित जय माँ काली खाद्य उद्योगको गोदाममा गएराति आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।