शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विदेशीलाई नेपालको भूमि दिने अधिकार प्रधानमन्त्रीलाई छैन : एमाले

‘संसदको नियमावलीमा संसदको विशेषाधिकार हनन गर्नेमाथि कारबाही हुनसक्छ ।’

सोमबार, जेष्ठ २२ २०८०

काठमाडौं । नेकपा एमालेले विदेशीलाई नेपालको भूमि दिने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सचिव योगेश भट्टराईले कुनै पनि शर्तमा कालापानी, लिपुलेक लिम्पियाधुरा अर्को देशलाई दिन नसकिने बताए ।

उनले लम्पसारवादविरुद्ध एमाले उभिने भन्दै कुनै जग्गा सट्टा भर्ना गर्ने शर्तमा राष्ट्रियता बन्धक राख्न नसक्ने बताए ।

साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मृत नागरिकता विधेयक प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार कसले दियो ? भनेर प्रश्न गरे । सांसद भट्टराईले राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साएको आरोप लगाउँदै भने ‘संसदको नियमावलीमा संसदको विशेषाधिकार हनन गर्नेमाथि कारबाही हुनसक्छ ।’