शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एमाले अध्यक्ष ओली प्रतिनिधिसभा बैठकमा देखेपछि प्रधानमन्त्रीले भने ‘खुशी लाग्यो’

सोमबार, जेष्ठ २२ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीको खोजी गरेका छन् ।

भारत भ्रमणबारे जानकारी दिन सोमबार संसदको रोष्टममा उभिएका उनले समान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्ने भनेपछि सत्ता र प्रतिपक्षीका नेताहरु उपस्थित हुने परम्परा रहेको बताए ।

रोष्टमबाट बोल्दै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दा प्रतिपक्ष दलका नेता र सत्तारुढ दलका नेता सामान्यतया उपस्थित हुने हाम्रो परम्परा भएपनि आजको बैठकमा प्रतिपक्ष दलका नेता र सत्तारुढ दलका केही नेतालाई आफूले नदेख्दा खल्लो महसुस भएको बताएका थिए ।

त्यसको केहीबेरमै प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली संसद प्रवेश गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले आफूलाई खुशी लागेको बताएका छन् ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने संसदमा देखिएनन् ।

सांसदले संसदमा उठाएका प्रश्नको जवाफ दिँदैछन् ।

बैठक सुरु भएसँगै एमालेसहित प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए । यसपछि सभामुख देवराज घिमिरेले एमालेका सांसद योगेश भट्टराईलाई बोल्न समय दिएका थिए ।

हालै प्रमाणीकरण गरेको नागरिकता विधेयकले वास्तविक नेपालीले भन्दा बाहिरकाले नागरिकता पाउने गरी ल्याएको उनको भनाइ छ ।