शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

हिजो अबरुद्ध सदनका दुबै बैठक आज सुचारु हुनसक्ने सम्भावना कति ?

सोमबार, जेष्ठ २२ २०८०

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।

जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक अपरान्ह १ बजे बस्नेछ ।

बैठकमा सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेट माथि छलफल तथा बहस सुरू हुनेछ । तर, हिजोको बैठक प्रमुख प्रतिपक्ष दलले अबरुद्ध गरे पछि छलफल नै सुरु नभई स्थगित भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा बंगलादेशसम्म सिमा पहुँचका लागि नेपाली भुमी कालापानी साटफेर गरेर सीमा विवाद मिलाउन सकिने भन्ने अभिब्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायतले प्रधानमन्त्रीको जवाफ माग गर्दै हिजो संसद अबरुद्ध गरेका थिए ।

नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा देशको सार्वभौमिकता, अखण्डता र जमिनमाथि धावा बोलेको बताएका छन् ।

आईतवार नयाँ बानेश्वरस्थिति संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनँले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशमाथि गद्दारी गरेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले ताजा जनादेश पाएको संसदमा छलफल भएर मात्रै नागरिकता विधेयक प्रमाणिकरण हुनुपर्नेमा त्यसो नभएका कारण आफूहरुको बिरोध रहेको बताए । उनले असंवैधानिक रुपमा नागरिकता विधेयक प्रमाणिकरण गरिएको बताए । यो विधेयकलाई खारेज गरेर पुनः संसदमा दर्ता गर्नुपर्ने उनले बताएका हुन् ।

प्रमुख प्रतिपक्ष दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद सुचारु गर्न नदिए पछि आधा घन्टाका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको थियो । सहमति खोज्नका लागि स्थगित भएको बैठक सहमति जुटन नसके पछि आज बिहान ११ बजे बोलाईएको छ ।

उता, राष्ट्रियसभा बैठक भने सुचारु भई शोक प्रस्ताव पारित गरे पनि त्यसपछि बैठक अघि बढन सकेन । प्रतिपक्ष दलले अबरोध गरे पछि आधा घन्टाका लागि स्थगित बैठक सुचारु हुन नसके पछि आज अपरान्ह १ बजेका लागि बोलाईएको हो ।

यसैबीच नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश दिइसकेको छ ।

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हाे ।

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।