काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु माथि ब्यङ्य गरेका छन् ।
आर्थिक बर्ष २०८०/८१ को बजेटमार्फत सांसद बिकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णयलाई लिएर मेयर शाहले ब्यङ्य गरेका हुन् ।
‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो,’ मेयर बालेनले भनेका छन्, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ? भन्दै प्रश्न समेत गरेका छन् ।