काठमाडौं । सत्ताको नेतृत्व गरेको दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुबीच ‘जनयुद्ध’ शब्दलाई लिएर संसदमा नोकझोक चलेको छ ।
सोमबारको बैठकमा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द राखेकोप्रति आपत्ति जनाएपछि बहस बढेको हो ।
भट्टराईले जनयुद्ध शब्दको विषयमा संविधान निर्माणका क्रममा ब्यापक छलफल भएको स्मरण गराउँदै अहिले नीति तथा कार्यक्रममा उक्त शब्द लेखिएकोप्रति आपत्ति मात्र जनाएनन् उनले जनयुद्ध शब्द कांग्रेसकै सहमतिमा राखिएको अनुमान लगाउँदै कांग्रेस इतिहासमै निम्छरो अवस्थामा रहेको टिप्पणी समेत गरेका थि । साथै यस्तै अवस्था रहिरहे कांग्रेसलाई हिस्ट्रीले बाईबाई गर्ने उनले बताएका छन् ।
कांग्रेसलाई सोधको प्रश्नमा माओवादीका सचिव देवेन्द्र पौडेलले जवाफ फर्काए ।
माओवादी सांसद पौडेलले जनयुद्धलाई जोडेर कांग्रेसप्रति भट्टराईले गरेको प्रश्नमा प्रतिवाद गरे । पौडेलले भट्टराईलाई डिस्नेरी हेरेर आउन समेत भने ।
उनले भनेका थिए, ‘माननीयजीले जनयुद्धको बारेमा केही विषय उठाएर जानुभयो । माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्न चाहन्छु, त्यो माछा युद्ध थियो रु भालु युद्ध थियो रु जंगलका अर्नाहरू लडेका थिए रु कि रुख, ढुंगाहरू लडेका थिए रु माननीय डिक्सनरी पल्टाएर हेर्नुहोला, मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरू लडेका युद्ध थियो । बिर्सिनुभयो वृहत्त शान्ति सम्झौता रु’
पौडेलको उक्त भनाइप्रति भट्टराईले सामाजिक सञ्जालबाट प्रतिप्रश्न गरेका छन् ।
मेरो प्रश्न नेपाली कांग्रेसलाई थियो तर टिप्पणी माओवादीबाट आयो, तलका बिषयमा पनि टिप्पणी आओस भन्दै एमाले सांसद योगेशले लेखेका छन् ।
हेर्नुहोस् उनको प्रतिप्रश्न