बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सोमबार, जेष्ठ ८ २०८०

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको जनाएको छ । महासंघले सोमबारको मूल्यसूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । आइतबार पनि यही मूल्यमा सुन कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य भने घटेको छ । महासंघले सोमबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको जनाएको छ ।  आइतबार यसको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम थियो ।