काठमाडौं । सरकारको नीति तथा कार्यक्रम माथिको छलफल आज पनि जारी रहने भएको छ ।
गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथी आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो ।
हिजोदेखि सुरू भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए ।
हिजोको बैठकमा एमालेका अध्यक्ष केपी शर्माले सरकारलाई पुनर्लेखनका लागि नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका थिए ।
छलफलमा सहभागी हुँदै उनले उक्त नीति तथा कार्यक्रम पुनर्लेखन गर्न फिर्ता लैजान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका थिए ।
आज पनि सोही नीति तथा कार्यक्रम माथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।