शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणः हतोत्साहित देउवा-उत्साहित प्रचण्ड

बिहिबार, जेष्ठ ४ २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका कारण प्रधानमन्त्री प्रचण्ड निक्कै उत्साहित देखिन्छन् भने सत्ता साझेदार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हतोत्साहित देखिन्छन् ।

देउवा गलेको देखिनुमा आफ्नो प्रधानमन्त्री कालका गृहमन्त्री बालकृष्ण खाँण यस प्रकरणमा पक्राउ पर्नाले मात्र होइन यसको लहरो आफू र आफ्नै श्रीमति तिर जोडिएकालकी भन्ने त्रासले उनी त्रसित छन् । कतै यसको लहरो नेता बालकृष्ण खाँणभन्दा माथि आइपुग्ने त होइन ? भनेर सशंकित छन् । त्यसमाथि उक्त प्रकरणबारे फेक भनिएका अडियो सार्वजनिकले उनमा बेचैनी देखा परेको छ ।

अडियोमा सभापति शेरबहादुर देउवा पत्नी एवं कांग्रेस नेतृ आरजू देउवा र बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम उल्लेख गरिएको छ। देउवा पत्नि आरजु र तत्कालीन गृहमन्त्री खाँण पन्ति मञ्जुहरूले पनि रकम बुझेको बिचौलियाले दाबी गरेका थिए । आरजु र मञ्जुले ६ करोड र साढे दुई करोड रकम लिएको दाबी गरिएको अडियो नै सार्वजनिक भएको छ । पूर्वगृहमन्त्री खाँणमाथि अनुसन्धान जारी रहँदा अडियोमा नाम मुछिएका आरजूसम्म पनि अनुसन्धान हुन सक्ने भय सभापति देउवामा देखिन्छ।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परिसकेका छन्।

पार्टीका पूर्वसभासद् आङ्टावा शेर्पा पनि हिरासतमा छन् भने अन्य केही प्रभावशाली नेताको नाम पनि यो प्रकरणमा जोडिएको अडियो सार्वजनिक भएको छ। सो अडियोका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यसै पनि यो प्रकरणका कारण कांग्रेस भित्र तीव्र रूपले ध्रुवीकरण बढ्दै गएको छ । कांग्रेसको नेतृत्व र संस्थापन पक्षकै कतिपय नेताहरू यस प्रकरणको लहरो यो भन्दा माथि जान नहुने पक्षमा देखिएका छन् ।

यता कांग्रेसकै सहयोगमा प्रधानमन्त्रीको कुर्सीमा रहेका प्रचण्ड भने यस प्रकरणको अनुसन्धानका कारण निक्कै प्रफुलित छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई नछोड्ने मात्र बताएका छैनन् उनी यो ट्रेलर मात्र हो फिल्म अझ बाँकी रहेको बताउँदै आएका छन् । त्यतिमात्र कहाँ होर ? यही प्रकरणको छानविनका कारण ३२ सिटे उनको पार्टी माओवादी फेरि एकपल्ट गर्जियौं भने बहुमत सिट पुग्ने दावी समेत गर्न भ्याइसकेका छन् । अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ। कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन। अहिले त्यो प्रक्रिया सुरू भएको छ, यो सुरूवात मात्रै हो। यो ट्रेलरमात्रै हो। हेर्दै जानु, सिंगै फिल्म देखिन्छ। सिंगै फिल्म देखिनेवाला छ,’ उनले केही दिन अघि एक कार्यक्रमा भनेका थिए ।

प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनमा कुनै प्रभाव र दबाब पर्न नदिने भन्दै आएका छन् ।