काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणसँग आज पनि बयान लिईने भएको छ ।
गत बिहिवार पक्राउ परे पनि सोमवारबाट मात्रै बिषय केन्द्रित भएर बयान सुरु भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयमा सोमबार उनको डेढ घन्टा बयान भएको छ । पेटमा समस्या भएको भन्दै उनले थप बयान गर्न नसक्ने बताएपछि बीचमै रोकिएको थियो । सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको हो ।
सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानका अनुसार हिजोवाट सुरु भएको खाँणको बयान आज पनि जारी रहने छ । ‘मंगलबार पनि उहाँको बयान हुनेछ’ उनले भने ।
सो प्रकरणमा मुछिए पनि खाँणले ‘मोबाइल फरम्याट’ गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागे पछि सोमवारवाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ ।
सो आरोपमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले सो काण्डमा गृहमन्त्रीको हैसियतमा खाँणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुयैँया दिएको वयान दिए पछि खाँण सो पक्ररणमा तानिएका हुन ।
साथै, तत्कालिन गृह सचिव टेकनारायण पाण्डेले पनि मन्त्रीको संलग्नतामा आफुले काम कारबाही अघि बढाएको बयान दिए पछि खाँणलाई पक्राउ गरी हिरासतमा लिईएको हो ।