शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

लगातार तीन बैठकमा गयल भए एमालेकाे कमिटीबाट आउट

आइतबार, बैशाख ३१ २०८०

काठमाडौं । नेकपा एमालेले पार्टीको तीन बैठकमा लगातार अनुपस्थित भए केन्द्रीय कमिटीबाट हटाउने निर्णय गरेको छ । शनिवार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकले यस्तो निर्णय गरेको हो ।

जानकारी पाएर पनि ३ पटकसम्म पार्टीको बैठकमा अनुपस्थित भए पार्टी कमिटीबाट बिदा गर्ने निर्णय एमालेले गरेको हो ।

सूचना पाएर पनि पार्टीको बैठकमा लगातार ३ पटक अनुपस्थित रहनेहरूलाई कमिटीबाट हटाउने निर्णय गरिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए ।

उनका अनुसार बैठकमा आउने तर काम नगर्नेलाई निश्चित समयसम्म काममा लाग्न प्रेरित गर्ने, सुधार नभए कमिटीबाट बिदा गर्ने निर्णय पनि भएको छ ।