काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा केन्द्रीय समितिको पूर्ण बैठक बस्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
बैठकमा पेश हुने सबै प्रतिवेदनमाथि खुला छलफल हुने श्रेष्ठले बताए।