काठमाडौं । पार्टी नेता तथा पुर्व गृह मन्त्री बालकृष्ण खाँण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।
खाँण पक्राउ परेपछि हिजो पनि कांग्रेसको आकस्मिक बैठक बसेको थियो । हिजोमा बैठकमा खाँणको निलम्बन गर्ने की नगर्ने भन्ने विषयमा समेत छलफल भएको थियो ।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज साँझ बसेको उक्त बैठकमा समसामयिक राजनीतिक र पार्टी सङ्गठनका विविध विषयमा छलफल भएको थियो । साथै प्रहरी गिरफ्तारीमा परेका खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनी माथी प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन । आज पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न लागेको हो ।
आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ ।