काठमाडौँ – जनता समाजवादी पार्टी, नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दैछ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्न लागेकाे हो।
आजको बैठकमा सरकारमा सहभागी हुने विषय र पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ।