शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

यस्तो छ आज राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

बुधबार, बैशाख २७ २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  ।

अमेरिकी डलर बुधबार ३९ पैसाले बढेको हो । अघिल्लोदिन अर्थात मंगलबार डलरमा झिनो गिरावट आएको थियो । मंगलबार डलरको भाउ एक पैसाले घटेको थियो ।  बुधबार एकको अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसामा कारोबार भएको छ । यसाअघि मंगलबार खरिदमूल्य १३० रुपैयाँ ५८ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ १८ पैसा कायम गरिएको थियो ।

बुधबार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४६ पैसाले घटेको हो । यसअघि मंगलबार युरोको खरिदमूल्य १४४ रुपैयाँ २६ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ९२ पैसा कायम गरिएको थियो ।

त्यस्तै, बुधबार पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १६५ रुपैयाँ २८ पैसा र बिक्रीमूल्य १६६ रुपैयाँ ४ पैसा पाइन्छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ५८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३३ पैसा पाइन्छ।

यस्तै, राष्ट्र बैंकले कतारी रियाल बुधबार एकको खरिदमा ३५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा पाइन्छ। साउदी अरेबियन रियाल एकको खरिददर बुधबार ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ४३ पैसा र बिक्रीमा २९ रुपैयाँ ५७ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ३१ पैसा र बिक्रीमा ४२९ रुपैयाँ २७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ एक पैसा तोकिएको छ।