बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

युनाईटेड इन्स्योरेन्सको विशेष साधारण सभा: मर्जरको प्रस्ताव पारित

मंगलबार, बैशाख २६ २०८०

काठमाडौं – युनाईटेड इन्स्योरेन्स कम्पनीको बिशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीले सोमबार अनमोल ब्याङ्गकेट, शंखमुल, काठमाण्डौंमा बिशेष साधारण सभा सम्पन्न गरेको हो । सभाले यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. तथा अजोड इन्स्योरेन्स लि. एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी निम्न लिखित विशेष प्रस्तावहरु उपर छलफल गरी पारित गरेको छ ।

सो अनुसार यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. तथा अजोड इन्स्योरेन्स लि. एक आपसमा गाभ्ने÷गाभिने र गाभिए पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा “यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड” कायम हुने गरी सो नामबाट निर्जीवन बीमा व्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गरिएको कम्पनीले जानकारी दिएको छ । यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. तथा अजोड इन्स्योरेन्स लि. एक आपसमा गाभ्ने÷गाभिने प्रयोजनका लागी मूल्याङ्कनकर्ता एस.आर.पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्सबाट तयार गरिएको यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. तथा अजोड इन्स्योरेन्स लिमिटेडको चल÷अचल सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १००ः८२.५ कायम गर्ने गरी गाभ्ने ÷गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिएको कम्पनीको भनाई छ ।

यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. तथा अजोड इन्स्योरेन्स लि. एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी सहमति पत्र (अन्तिम सम्झौता पत्र तथा अन्य भए गरेका सम्झौताहरु लगायत सम्पूर्ण काम कारवाहीको अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिएको जानकारी पनि कम्पनीले दिएको छ । यूनाइटेड इन्स्योरेन्स तथा अजोड इन्स्योरेन्स आपसमा गाभ्ने÷गाभिने प्रयोजनका लागी दुबै कम्पनीको चल ÷अचल सम्पति दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन तयार गर्न नियुक्त गरेका लेखापरीक्षक÷मूल्याङ्कनकर्ता एस.आर.पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्सको नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गरिएको कम्पनीको भनाई छ ।

यूनाइटेड इन्स्योरेन्स तथा अजोड इन्स्योरेन्स एक आपसमा गाभ्ने÷गाभिने प्रयोजनका लागी भएको सम्झौता बमोजिम सोको आवश्यक स्वीकृतिका लागी नियमनकारी निकायमा निवेदन दिने र गाभ्ने÷गाभिने कार्यसँग सम्बन्धित प्रचलित कानून, निर्देशनहरु बमोजिम अपनाउनुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु एवं प्रक्रियाहरु पुरा गरी अन्तिम स्वीकृति लिने तथा सो सम्बन्धमा नियमनकारी निकायहरुबाट निर्देशन गरे बमोजिमका कागजात तथा विवरणहरु तयार गर्ने, सो उपलव्ध गर्ने र गराउने र गाभ्ने÷गाभिने कार्य सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्न विशेष प्रस्ताव पारित गरिएको कम्पनीले भनाई छ ।