बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अजोड इन्स्योरेन्सको बिशेष साधारण सभा सम्पन्न

मंगलबार, बैशाख २६ २०८०

काठमाडौँ – अजोड इन्स्योरेन्स लिमिटेडले बिशेष साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले युनाइटेड वल्र्ड ट्रेड सेन्टर, डिइसिसि, अमन हल तेस्रो तल्ला, त्रिपुरेश्वर, काठमाडौंमा विशेष साधारण सभा सम्पन्न गरेको हो ।

कम्पनीले २०७९ चैत्र मसान्तसम्ममा प्रधान कार्यालय लगायत सात वटा प्रादेशिक कार्यालय, ३० वटा शाखा, २९ वटा उपशाखा कार्यालयहरु, छ वटा बीमा एक्सटेन्सन काउण्टरहरु र तीन वटा तेश्रोपक्ष बीमा काउण्टरहरुबाट सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ । सोही अनुसार कम्पनीले चालु आर्थिक बर्षको चैत मसान्त सम्म विभिन्न किसिमका बीमाहरुबाट कुल बीमा शुल्क एक अर्ब ४४ करोड ३१ लाख रुपैंयाँ आर्जन भएको । यो बीमा शुल्क अघिल्लो आ.व.२०७८।०७९ को सोही अवधिको तुलनामा १७ दशमलव ६५ प्रतिशतले बढी हो ।

कम्पनीले बिशेष साधारण सभा मार्फत यूनाइटेड इन्स्योरेन्स कम्पनीसंग एकआपसमा गाभ्ने तथा गाभिने प्रस्ताव समेत पारित गरेको छ । अजोड इन्स्योरेन्स तथा यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा “यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड” कायम हुने गरी सो नामबाट निर्जीवन बीमा व्यवसाय गर्ने सम्बन्धी प्रस्ताव कम्पनीले पारित गरेको छ ।