शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पार्टी नेतृत्वप्रति गगनको गर्जन: अब त अति भयो !

'पार्टी पंतिमा कम्पन ल्याउने तयारी'

सोमबार, बैशाख २५ २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन् ।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले नेतृत्व, पार्टी, पद्धति अनुसार अझैपनि चल्न नसकेको बताए ।

उनले आफूले पटक पटक मौनता साँधेको तथा साथीहरूलाई सम्झाएको प्रसँग निकाल्दै अब सहन नसकिने बताए ।

उनको यो अभिव्यक्तिले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीबाट दिक्क भएको बुझिन्छ । उनी अब ‘बोल्ड’ कदमको तयारीमा रहेको अनुमान पनि हुन थालेका छन्। उनको उक्त भनाईसहितको स्टाटसमा अधिकांशले पार्टी भित्र विद्रोह गर्न सुझाव दिएका छन् ।

यहि पुराना नेताहरुलाई नेता मानेर यिनिहरुले आफू रहन्जेलसम्म सक्क्षम भएपनि आफुभन्दा कम उमेरकालाई अघि बढ्न नदिने समेत बताएका छन्। ‘हरेक मानिसको सक्रिय काम गर्न सक्ने निश्चित अवधि हुन्छ सो अवधिको सदुपयोग गर्नुपर्छ नत्र निकै ढिलो हुन्छ माननिय ज्यू।’ भन्दै सुझाव दिएका छन् । कतिले त विद्रोहका लागि पार्टी नै फूटाउनु परेपनि पछि नपर्न सुझाव दिएका छन् ।

गत वर्षको पुसमा पार्टीको १३ औं महाधिवेशनबाट गगन अत्यधिक मतका साथ महामन्त्रीमा विजयी बनेका थिए । यस्तै अर्का युवा नेता विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा विजयी बन्दा कांग्रेसको अवको बाटो सहि र फलदायी हुने अपेक्षा गरिएको थियो । अन्तत नेतृत्वका कारण कांग्रेस पुरानै बाटोमा हिँडिरहँदा यति बेला कांग्रेसजन भित्रै असन्तुष्टि बढिरहेको छ ।

कांग्रेसको नौ महिनादेखि केन्द्रीय समिति बैठक बसेको छैन । विभागहरु समेत बन्न सकेका छैनन् ।

‘ कांग्रेसका धेरै जिल्लादेखि केन्द्र राजनीतिमा पहिचान बनाएका नेताहरु समेतले पार्टी छाडेको, निस्कृय बनेका कयौं उदाहरण छन् । पछिल्लो माओवादीसँगको सत्ता सहकार्यमा पनि देउवाले इतर गुटलाई पेलाइमा पारेको देखिन्छ । गगन निकट स्रोतका अनुसार अब सिंगो भइरहेको छ। थापाको नेतृत्वमा माथिदेखि तलसम्म समानान्तर गतिविधिहरु सञ्चालन हुन सक्ने अनुमान पनि हुन थालेका छन् ।