सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादीको व्यवहारले मर्माहित भएको बताएका छन् ।
प्रदेशहरुमा गठबन्धन भित्र आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भइरहेको गुनासो गर्दै उनले भने ‘ प्रचण्ड जीलाई भन्न चाहान्छु, तपाईंहरुले जसरी हामीलाई बेवास्ता गरेर सरकारमा एकलौटी गर्नुभएको छ, यो हामीलाई स्वीकार्य छैन ।’
कर्णालीमा माओवादीले गरेको व्यवहार आफूहरुलाई स्वीकार्य नहुने अध्यक्ष नेपालले चेतावनी थियो ।
सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेपालले आफूहरूले गरेको योगदान नबिर्सिन आग्रह गरे ।
गठबन्धनबाट प्रचण्ड ओलीको शरणमा गएपनि त्यहाँ टिक्न नसकेर पुरानै गठबन्धनमै फर्किएको तर गठबन्धनको स्प्रिटअनुसार काम गर्न नसकिरहेको उनले आरोप लगाए ।
उनले भने, ‘ प्रचण्ड जीलाई भन्न चाहान्छु, तपाईंहरुले जसरी हामीलाई बेवास्ता गरेर सरकारमा एकलौटी गर्नुभएको छ, यो हामीलाई स्वीकार्य छैन ।’
उनले कर्णालीमा माओवादीको दम्भ र घमण्ड देखिएको बताउँदै भने, ‘कर्णालीमा माओवादीको दम्भ र घमन्डले हाम्रा साथीहरू दुस्खी हुनुहुन्छ । सरकारमा एकलौटी गरिएको छ । गठबन्धन टिकाउने कुरा भइरहँदा हाम्रो पार्टीलाई बाइपास गर्न खोजिँदैछ, पीडा दिइएको छ । यसले धरापमा पर्नसक्छ । मैले मनको पीडा पोखेको हुँ ।’
अध्यक्ष नेपालले आफूले सरकारको नेतृत्व गरेका बेला देश विकासका लागि गेम चेन्जर आयोजना ल्याएको स्मरुण गरेका थिए ।