काठमाडौ – आगामी आईतबार नेपाल राष्ट्र बैंकले २७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नै भएको छ । सो दिन बोलकबोलको माध्यमद्धारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न राष्ट्र बैंकको भनाई छ । बिक्री गरिने कुल ट्रेजरी बिल मध्येमा २१ अर्ब १० करोड रुपैंयाँ बराबरको पुरानो नबिकरण अन्तर्गत र बाँकी छ अर्ब भने नयाँ रहेको र ट्रेजरी बिल खरिदको लागि आईतबार अपरान्ह तीन बजेसम्म आवेदन पेस गर्नुपर्ने छ ।
जारी मिती बैशाख १९ गते तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । सो दिन बिक्री गरिने कुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको चार अर्ब, ९१ दिने अवधिको आठ अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १३ अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैंयाँको रहेको छ । ट्रेजरीको परिपक्क हुने अवधि भने क्रमशः बिसं २०८० जेठ १६ गते, बिसं २०८० साउन १६ गते, बिसं २०८० कात्र्तिक १४ गते र बिसं २०८१ बैशाख १८ गते तोकिएका छन । यही बैशाख ११ गते पनि राष्ट्र बैकले २८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको जनाएको छ ।