बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मुक्तिनाथ विकास बैंकद्धारा बचतकर्ताको परिवारलाई दुर्घटना बीमावापत १० लाख हस्तान्तरण

बिहिबार, बैशाख १४ २०८०

काठमाडौं – मुक्तिनाथ विकास बैंक लि.ले सवारी दुर्घटनामा परि ज्यान गुमाएका स्थाई ठेगाना कोहलपुर न.पा. ११ को स्व. जय प्रकाश घर्तिको परिवारलाई बीमा दाबी भुक्तानी वापत १० लाख रुपैयाँ उपलब्ध गराएको छ । निजले यस बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेका कारण उनको परिवारले आज बीमा दाबी भुक्तानी वापत केही राहत पाएका हुन । बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेड सँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो ।

बैंकले बुधबारका दिन कोहलपुर न.पा. ११ नं. वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त बीमा दाबी भुक्तानी बापतको १० लाखको रकम मृतकको श्रीमती सलिना वली घर्तिलाई हस्तान्तरण गरेको हो । उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय के.सी र वडा अध्यक्ष श्रीमती कल्पना शर्माले संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् । सोही कार्यकक्रमा अन्य जनप्रतिनिधीहरु, पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, बैंकका कर्मचारीहरु र स्थानीय व्यक्तिहरुको उपस्थिती रहेको थियो । हाल बैंकको परिवार लक्षित एक करोड एक लाख रुपैंयाँसम्मको बीमा सुविधा दिने मुक्तिनाथ आर्शिवाद बचत खाता पनि निकै लोकप्रिय रहेको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिकरुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।