शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

उपनिर्वाचनको सन्देश

कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्न अपरिहार्य : मिनेन्द्र रिजाल

बुधबार, बैशाख १३ २०८०

काठमाडौं । पुर्व मन्त्री मिनेन्द्र रिजालले उपनिर्वाचनले नेपाली कांग्रेसलाई चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको बताएका छन ।

बैशाख १० मा सम्पन्न उपनिर्वाचनमा कुनै पनि क्षेत्रमा कांग्रेसले  बिजयी हासिल नगरे पछि कांग्रेस नेता रिजालले पार्टीको चरित्र र गतिशिलता पुनस्थपित गर्नुपर्ने सन्देश जनाएका हुन ।

‘सम्पन्न उपनिर्वाचनमा रास्वपा नेता रवि लामिछाने र डा। स्वर्णिम वाग्लेलाई प्रत्यय प्रद विजय, जसपा नेता उपेन्द्र यादवलाई प्राप्त सफलताकालागि हार्दिक बधाई र सफल प्रतिनिधि सभा कार्यकालको शुभकामना’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन, ‘हाम्रा लागि कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश प्रष्ट छ।’