काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठक जारी छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुरु भएको हो ।
आगामी वर्षको बजेट निर्माण प्रक्रियाबारे पूर्व छलफलका लागि बैठक बसेको हो । आर्थिक अवस्था जटिल रहेको अवस्थामा कस्ता विषयलाई बजेटमा प्राथमिकता दिने भन्ने बारेमा पार्टीले विज्ञहरुलाई राखेर सुझाव र सल्लाह लिने योजनासहित बैठक बसेको हो ।
बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा.प्रकाशशरण महत, महामन्त्री विश्वप्रकाश शर्मा लगायत सांसदहरुको उपस्थिति रहेको छ ।