शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

तनहुँ १ उपनिर्वाचन: १७०७७ भोट गन्दा स्वर्णिमकाे अग्रता कायमै, कस्ले कति पाए ?

सोमबार, बैशाख ११ २०८०

पोखरा । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।

आइतबार सम्पन्न मतदानको गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा उपनिर्वाचनअन्तर्गत तनहुँमा मतगणना जारि छ ।

जारी गणनामा भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिका गरी अहिलेसम्म १७०७७ भोट गनिसकिएको छ । सुरुदेखि नै लिड गरिरहेका रास्वपाका डा. स्वर्णिम वाग्लेले त्यसलाई कायमै राखेका छन् ।

पछिल्लो परिणामअनुसार रास्वपाका वाग्लेको ९४८३, कांग्रेसका गोविन्द भट्टराईको ४४७२ र एमालेका सर्वेन्द्र खनालको २५६० मत छ ।