शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

तनहुँ उपनिर्वाचन: १३ हजार मत गणना हुँदा कस्ले कति मत पाए ?

रास्वपाका वाग्लेलाई फराकिलो मतान्तर

सोमबार, बैशाख ११ २०८०

तनहुँ । तनहुँ-१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्लेलाई फराकिलो मतान्तर प्राप्त भएको छ ।

गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ८ बजेसम्मको नतिजाअनुसार डा वाग्लेले अग्रता कायमै राखेका छन्। हालसम्म आठ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले सात हजार दुई सय ९३ प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले तीन हजार दुई सय ३४ मत प्राप्त गरेका छन् । नेकपा एमाले का सर्वेन्द्र खनालले दुई हजार एक सय ३४ मत प्राप्त गरेका छन् ।

आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, भानु–१०, भानु–८, भानु–३, भानु–७ र भानु–४ को १३ हजार ६५ मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत प्राप्त गरेका छन् ।

आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१, कांग्रेसका भट्टराईले तीन सय ३६ र एमालेका खनालले एक सय आठ मत प्राप्त गर्नुभएको छ । भानु–३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, कांग्रेसका भट्टराईले चार सय १८ र एमालेका खनालले तीन सय ५१ मत प्राप्त गरेका छन् ।

भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका डा वाग्लेले छ सय ५५, कांग्रेसका भट्टराईले तीन सय १२ र नएमालेका खनालले दुई सय ७० मत प्राप्त गर्नुभएको छ । भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, कांग्रेसका भट्टराईले चार सय ५८ र एमालेका खनालले चार सय ३७ मत प्राप्त गरेका छन् ।

भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, कांग्रेसका भट्टराईले पाँच सय ५१ र एमालेका खनालले तीन सय २९ मत प्राप्त गर्नुभएको छ । भानु–४ मा एक हजार छ सय ७५ मत खसेकामा रास्वपाका डा वाग्लेले सात सय ५९, कांग्रेसका भट्टराईले चार सय ८२ र एमालेका खनालले तीन सय ९४ मत प्राप्त गरेका छन् ।

आँबुखैरेनी–३ मा दुई हजार एक सय ७३ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार पाँच सय १५, कांग्रेसका भट्टराईले चार सय एक र एमालेका खनालले एक सय १९ मत प्राप्त गरेका छन् ।
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना जारी छ ।