बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

बुधबार, चैत्र ८ २०७९

काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।

बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद्को कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७८/२०७९ सभा समक्ष प्रश्तुत गर्ने कार्य सूची छ ।

यस्तै, भुवनबहादुर सुनारले दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठक आज दिउँसो १ बजे बस्नेछ ।