बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चैत्र १० गतेसम्म सरकारले पूर्णता पाउँछ

शुक्रबार, चैत्र ३ २०७९

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् । आज (शुक्रबार लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन-चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए । प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता बिस्तारको बारेमा पनि छलफल गर्ने बताए ।

उनले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु ।’ प्रधानमन्त्री दाहालले सरकार बिस्तार हुन कुनै पनि अफ्ठ्यारो नरहेको बताए ।