बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पोखरामा बसले स्कुटरलाई ठक्कर दिँदा झापा घर भएकी युवतीको मृत्यु

शुक्रबार, चैत्र ३ २०७९

कास्की । पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नंको बसले कार्कीले चलाइरहेको ग९प ९९८९ नंको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

बसचालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।