शनिबार, साउन १६ २०८३

शनिबार, साउन १६ २०८३

दुुई अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्दे राष्ट्र बैंक

मंगलबार, बैशाख २५ २०७५

काठमाडौं वैशाख, २५–
नेपाल राष्ट्र बैंकले दुुई अर्ब रुपैयाँको नागरिक बचत पत्र बिक्री गर्न लागेको छ । राष्ट्र बैंकले सर्वसाधारण नेपाली नागरिकको लागि आगामी जेठ २ गतेबाट बार्षिक नौ प्रतिसत व्याजमा दुुई अर्ब रुपैयाँको बचत पत्र बिक्री गर्न लागेको हो ।
जेठ २८ गते निष्काशन मिती तोकिएको बचत पत्र खरिदको लागि सर्वसाधारणले आगामी जेठ २२ गतेसम्म आवेदन दिनुु पर्ने छ । बचतपत्रमा अर्धबार्षिकरुपमा व्याजदर भुक्तानी हुुने छ । खरिदकर्ताहरुले घटिमा दश हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु. दश हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधिनमा रहेर बचत पत्र खरिद गर्नुुपर्ने छ ।