काठमाडौ बैशाख २०
आज बुधबार नेप्से चार दमसलव पाँच अंकले बढेर १६ सय ६२ दसमलव ३८ बिन्दुमा पुगेको छ । सेन्सिटिभ पनि एक दसमलव नौ अंकले बढेर तीन सय ५५ दसमलव ४२ बिन्दुमा पुगेको छ । एक सय ४२ कम्पनीहरुको सात हजार एक सय ८६ वटा कारोवारमा १३ लाख सात सय ६७ कित्ता सेयर खरिद बिक्री भएका छन भने कारोवार रकम ८९ करोड छ लाख ९६ रुपैयाँ पुगेको छ ।
आठ वटा समुहको सेयर कारोवार भएकोमा छ वटा समुहको कारोवार सुचक बढेको छ भने दुई वटाको कारोवार सुचक घटेको छ । बाँणिज्य बैक समुहको सुचक चार दसमलव ४४ अंकले बढेर १५ सय १६ दसमलव १० बिन्दुमा चढेकोमा ३५ करोड ५१ लाख ५३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युत समुहको सुचक छ दसमलव ५२ अंकले बढेर दुई हजार पाँच दसमलव ५५ बिन्दुमा चढेकोमा छ करोड ५६ लाख ३८ हजार छ सय रुपैयाँको सेयर किनबेच भएो छ । बीमा समुहको सुचक १६ दसमलव ५४ अंकले बढेर आठ हजार नौ सय ७८ दसमलव ५० बिन्दुमा चढेकोमा २१ करोड ८२ लाख २६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । आज होटल र अन्य समुहको सुचक पनि आज बढेको छ ।
बिकास बैक समुहको सुचक आज चार दसमलव ९४ अंकले घटेर १९ सय ७५ दसमलव १० बिन्दुमा झरेकोमा १७ करोड २० लाख १६ हजार रुपैयाँको सेयर किनबेच भएको छ भने उत्पादनमुलक समुहको सुचक पनि घटेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्र स कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको मुल्य
१ सप्तकोशी डेभलपमेन्ट बैक ४२९ १०
२ भार्गभ बिकास बैक ३३० १०
३ सहारा बिकास बैक ५०० ९.८९
४ न्यादी ग्रप पावर कम्पनी ३३२ ९.२१
५ ग्रिन डेभलपमेन्ट बैक ६९५ ८.५९
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्र स कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको मुल्य
१ जनउत्थान सामुदायिक लघुबित्त ३०३२ ५.२५
२ एनएमबी माईक्रो फाईनान्स ३०२० ५.०९
३ ललितपुर फाईनान्स २२९ ४.९७
४ महिला सहयात्रा बित्तीय संस्था १३०१ ३.७०
५ एभरेष्ट बैक १८०१ ३.१७