काठमाडौ बैशाख १९
नेप्से आज सात दसमलव ५५ अंकले बढेर १६ सय ५८ दसमलव ३३ बिन्दुमा पुगेको छ । सेन्सिटिभ पनि एक दसमलव ५५ अंकले बढेर तीन सय ५४ दसमलव ३३ बिन्दुमा पुगेको छ । एक सय ४३ कम्पनीह्रुको सात हजार ४३ वटा कारोवारमा १५ लाख ४८ हजार दुई सय ५२ कित्ता सेयर खरिद बिक्री भएकाछन छन भने कारोवार रकम ९२ करोड ९० लाख ७३ हजार एक सय ३४ रुपैयाँ पुगेको छ ।
आज आठ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको सुचक घटेको छ भने चार वटाको बढेको छ । बीमा समुहको सुचक बीमा समुहको सुचक ७९ दसमलव दुई अंकले बढेर आठ हजार नौ सय ६१ दसमलव ९६ बिन्दुमा चढेकोमा २६ करोड ५२ लाख ५३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक छ दसमलव ८८ अंकले बढेर १५ सय ११ दसमलव ६६ बिन्दुमा चढेकोमा ३२ करोड २४ लाख ७७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक १६ दसमलव ४३ अंकले बढेर १९ सय ८० दसमलव चार बिन्दुमा चढेकोमा २० करोड ३५ लाख ४८ हजार रुपैयाँको सेयर किनबेच भएको छ जलबिद्युत समुहको सुचक सामान्य अंकले बढेको छ ।
होटल, फाईनान्स, अन्य र उत्पादनमुलक समुहको सुचकमा भने आज गिरावट आएको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्र स कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको मुल्य
१ वोमी माईक्रो फाईनान्स २०७९ १०
२ नयाँ नेपाल लघुबित्त २६९० ९.९८
३ एनएमबी माईक्रो फाईनान्स ३१८२ ८.९०
४ आरएसडिसी लघुबित्त संस्था ९८३ ८.०२
५ कैलास बिकास बैक ३७७ ६.२०
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्र स कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको मुल्य
१ ग्रिन डेभलपमेन्ट बैक ६४० ५.१८
२ माउन्ट मकालु डे. बैक ६७३ ३.८७
३ भार्गव बिकास बैक ३०० ३.८४
४ पुर्णिमा बिकास बैक ४०९ ३.७६
५ अरुण हाईड्रो पावर कम्पनी २८० ३.४४