काठमाडौँ – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर धमिलो खोलामा माछा मार्न खोजेको बताउँदै पद साट्न र सत्ता मोहको पछि लाग्दा कांग्रेस असल प्रतिपक्ष समेत बन्न नसकेको आरोप लगाएका छन् ।
शनिबार प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने र त्यसैमा राष्ट्रिय सहमति हुने बताएका हुन् । ज्ञवालीले एमालेले सारेको उम्मेदवारलाई राष्ट्रिय सहमति प्रदान गर्न कांग्रेस पनि सहभागी हुन सक्ने धारणा राखे ।
राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई पनि कन्भिन्स गर्न सक्ने उनको भनाई छ ।
यद्यपी नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने जनाउँदै फागुन २८ अगावै निर्वाचन हुनुपर्ने माग गरेको छ ।