बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पदमुक्त गृहमन्त्री लामिछानेद्वारा प्रधानमन्त्रीसमक्ष राजीनामा पेश

शनिबार, माघ १४ २०७९

काठमाडौँ – सर्वोच्च अदालतको फैसलासँगै पदमुक्त भएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।

शुक्रबार साँझ बालुवाटार पुगेर उनले राजीनामा बुझाएका हुन् ।

यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेविरुद्ध दायर मुद्दामा सुनुवाई गर्दै सांसद पद खारेज गरेको थियो ।