काठमाडौं – प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा पुन अशोक शेरचन नियुक्त भएका छन् । यसअघि दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भईसकेका शेरचनले प्रभुले सेञ्चुरी कर्मसियल बैंकलाई प्राप्ती गरेसंगै तेस्रो कार्यकालको लागि पुन प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।
बैंक सञ्चालक समितीको बिहिबार बसेको बैठकले शेरचनलाई तेस्रो कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनको कार्यकाल चार बर्षको हुने छ । प्रमुख कार्यकारीमा नियुक्त भएसंगै शेरचनले ग्राहक, शेयरधनी र मुलुकको अर्थतन्त्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए ।
मर्जर भएपछि, कर्मचारीको बिचमा समन्वय, कर्जाको गुणस्तर, रिकभरी र नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको नीति, नियम र ऐनहरुलाई अक्षरस पालना गर्दै काम गर्ने उनको भनाई छ । ग्राहकलाई उत्कृष्ट सेवा र मुलुकको अर्थतन्त्रलाई योगदान दिदै शेयरधनीहरुलाई उचित प्रतिफल दिने गरी काम गर्छु, प्रमुख कार्यकारी अधिकृत शेरचनले भने ।