बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

माओवादी स्थायी कमिटीको बैठक बस्दै

शुक्रबार, माघ १३ २०७९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्नेछ ।

बिहीवारदेखि शुरु भएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीवार प्रस्तुत गरेको समसामयिक राजनीतिक परिस्थितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।

बिहीबारको बैठकमा प्रचण्डले समसामयिक विषयमा ब्रिफिङ गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे नेताहरुको धारणा समेत मागेका थिए ।

नेपाली कांग्रेसले पनि विश्वासको मत दिएकाले कसरी जाने भनेर एमाले र अरु दलहरुसँग सम्वाद भइरहेको प्रचण्डले बताएका थिए ।

तर वर्तमान गठबन्धनलाई तलमाथि गर्नेबारे आफ्नो कुनै सोच नभएको उनले बताएका थिए । सके पार्टी एकता नभएपनि भावी चुनावसम्म गठबन्धन टिकाएर जाने आफ्नो प्रयत्न रहने उनले बताएका थिए ।