बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादी स्थायी कमिटीको बैठक बस्दै

बिहिबार, माघ १२ २०७९

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्नेछ ।

बैठकमा समसामयिक र राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघ संगठनको पुनः गठन सम्बन्धी पनि छलफल तथा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेण्डा छन् ।

साथै बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिका बारेमा चर्चा हुनेछ ।