शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रेम आचार्य आत्मदाह प्रकरणमा सीके राउतले भने : गरेर खान चाहनेहरू बाँच्नै नसक्ने सीमासम्म पुग्यो

बुधबार, माघ ११ २०७९

काठमाडौं । सत्तारुढ जनतम पार्टी अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) ले प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरणले गरेर खान चाहने सोझासाझाहरूका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको देखाएको टिप्पणी गरेका छन् ।

नयाँबानेश्वरस्थित संसद भवन अगाडि मंगलबार इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाएका थिए । उनको कीर्तिपुरमा उपचारका क्रममा आज बिहान निधन भएको छ । 

सोही घटनालाई अध्यक्ष राउतले यस्तो बताएका हुन् ।  राउतले नयाँ पार्टी र पात्रहरूले समेत केही आश जगाउन नसक्नु दुस्खद रहेको बताउँदै आचार्यप्रति श्रद्धान्जलि समेत अर्पण गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्- 

आत्मदाह बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न तर गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो। अझ हामी नयाँ पार्टी र पात्रहरूले समेत केही आश जगाउन नसक्नु दुःखद छ। हार्दिक श्रद्धाञ्जली !