शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

किन गर्दैछन् रामचन्द्र पौडेल राष्ट्रिय सहमतिको अलाप ?

मंगलबार, माघ १० २०७९

काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा राष्ट्रिय सहमतिको आवश्यक रहेको भन्दै अलाप गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सहमतिका लागि अलापेका  हुन् ।

विशेषगरी देशको कमसल आर्थिक अवस्थालाई अन्त्य गर्न, भूराजनीतिक दबाबको सामना गर्न र शान्तिप्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले राष्ट्रिय सहमतिको आह्वानलाइ आफ्नो व्यक्तिगत स्वार्थसँग नहेरिदिन पनि आग्रह त गरे । तर, कांग्रेसले भावी राष्ट्रपतिको उम्मेदवार बनाउने भएपछि सत्ताबाट बाहिरिएकै दिनदेखि पौडेलले सहमतिको नारा लगाइनु पछि स्वार्थ नभएर अरु केही नभएको देखिन्छ ।

भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएकोले यसको सामना गर्न राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले देशमा राष्ट्रिय नेतृत्व र आत्मविश्वासको समेत अभाव रहेको आफूले महसुस गरेको बताए । 

सत्ता केन्द्रित राजनीतिले देशमा संकट देखापरेको भन्दै उनले अब राष्ट्रिय सहमतिमात्र नेतृत्वले विश्वास आर्जन गर्दैै समस्या समाधान गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गरी देशको विकास र समृद्धिका लागि दलहरु एकजुट हुनुपर्ने उनको भनाइ छ । 
पौडेल भावी राष्ट्रपतिका आकांक्षी हुन् । पौडेललाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने लगभग निश्चित भएको छ । सोमबार बसेको कांग्रेस पदाधिकारीको बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसबाट पौडेल अथवा कृष्णप्रसाद सिटौलालाई राष्ट्रपतिको उम्मेदवार बनाउने बताएका थिए ।  पौडेल सकेसम्म राष्ट्रिय सहमतिको अलाप गर्दै वा नभएपनि माओवादीको निगाहमा भएपनि भावी राष्ट्रपति हुन चाहन्छन् । जसका कारण कांग्रेस सत्ता बाहिर पुगेदेखि नै राष्ट्रिय सहमतिको कुरा उठाइरहेका छन् ।