जुम्ला। जुम्लाको चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा गेडागुडीमा जडिबुटी मिसाएर खाजा खाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बिरामी परेका छन्।
मृत्यु हुनेमा ३५ वर्षीय दिपक रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। प्रहरीका अनुसार विरामी तीन जनामध्ये ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टंक रोकाया र ३० वर्षीय पारस धराला छन्।
बिरामीमध्ये तिल रोकाया घर धनी भएको र अरू सबै उनको घर बनाउँदै गरेका मिस्त्री भएको प्रहरी नायव उपरीक्षक चन्दले बताए । गेडागुडीसहितको खाजा खाइसकेपछि सबै जना एक्कासी बेहोस भएका थिए। उनीहरुलाई तत्कालै कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याएको स्थानीयवासि भैरबहादुर धरालाले बताए ।
खाजामा हालिएको जडिबुटीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।