बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कृषि विकास बैंकद्वारा जिएच मेडिहेल्थ कन्सर्न सम्मानित

शनिबार, माघ ७ २०७९

काठमाडौँ – कृषि विकास बैंकले जिएच मेडिहेल्थ कन्सर्न प्रा.लि. का संचालक होम प्रसाद गौतमलाई उत्कृष्ट ग्राहक सम्मानबाट सम्मानित गरेको छ ।

बैंकले व्यवसायी गौतमलाई विगत लामो समय देखि कृषि विकास बैंक लि.सँग कर्जा/ जमानत/ प्रतीतपत्र/निक्षेप तर्फ निरन्तर रुपमा कारोवार गरी बैंकको व्यवसाय एवं साख विस्तारमा महत्वपूर्ण योगदान गरेकाले सो सम्मान प्रदान गरेको हो ।

बैंकको ५५ औं वार्षिकोत्सवको उपलक्ष्यमा गौतमलाई उत्कृष्ट ग्राहकको रुपमा छनौट गरी उच्च सम्मानका साथ कदर-पत्र प्रदान गरिएको छ ।

साथै भविष्यमा यस बैंकसँगको व्यावसायिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ हुने विश्वास बैंकले जनाएका छ ।